नेप्सेमा आज ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ।
२ कम्पनीको कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो ।
आज आईसीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
आज नै सानिमा क्यापिटलको १२ करोड इकाई सानिमा लार्ज क्याप फण्ड सुचिकृत भएको छ ।
११ फागुन २०७७, मंगलवार १५:२५ बजे प्रकाशित