दशैंको मुखमा बढ्यो सुनको भाउ
शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सुन आज प्रतितोला रु ४ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
३० असोज २०७७, शुक्रवार १५:३६ बजे प्रकाशित





