दशै अघि भुक्तानी नदिए जग्गा कब्जा गरेर बस्ने उखु किसानको चेतावनी

उखु उत्पादक संघले विभिन्न माग राख्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाइ ज्ञापनपत्र बुझाएको छ ।
आइतबार सिंहदरवार पुगेर संघका प्रतिनिधिहरुले २ समितिका सभापतिहरुलाइ ज्ञापन पत्र बुझाएका हुन् ।

उखु किसानहरुले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँ अघि नै पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, उखु किसानले तत्काल पाउनुपर्ने रु ४१ करोड रकम दशैभन्दा अगाडि जसरी पनि पाउनु पर्दछ ।उद्योगका श्रमिक कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ बर्षको सञ्चयकोष गरि करीब ४ करोड रुपैयाँ तथा अन्य सेवा सुबिधा दशैँ अगाडि नै पाउनुपर्ने । उद्योग पुन सञ्चालन हुनुपर्ने ।ु
किसानले पाउनु पर्ने रकम ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख, ०७६/७७ को ५० लाख रहेको बताइएको छ ।

ज्ञापनपत्रमा उखु किसान र श्रमिक मजदुरका समस्याहरु पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, विपन्न उखु किसानको समस्या बढ्दै गएको र चाडपर्व मान्न समस्या भएको, छोराछोरीको पढाइलेखाइमा बाधा पुग्नका साथै सुकुम्बासी बन्ने अवस्थामा पुग्न थालेको छ । उद्योगमा मात्र आश्रित निम्न वर्गका श्रमिकहरु भोकभोकै मर्ने अवस्थामा पुगेका छन्। उत्पादक संघले विभिन्न माग राख्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाइ ज्ञापनपत्र बुझाएको छ ।

आइतबार सिंहदरवार पुगेर संघका प्रतिनिधिहरुले २ समितिका सभापतिहरुलाइ ज्ञापन पत्र बुझाएका हुन् ।

उखु किसानहरुले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँ अघि नै पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, उखु किसानले तत्काल पाउनुपर्ने रु ४१ करोड रकम दशैभन्दा अगाडि जसरी पनि पाउनु पर्दछ ।उद्योगका श्रमिक कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ बर्षको सञ्चयकोष गरि करीब ४ करोड रुपैयाँ तथा अन्य सेवा सुबिधा दशैँ अगाडि नै पाउनुपर्ने । उद्योग पुन सञ्चालन हुनुपर्ने ।ु
किसानले पाउनु पर्ने रकम ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख, ०७६/७७ को ५० लाख रहेको बताइएको छ ।

ज्ञापनपत्रमा उखु किसान र श्रमिक मजदुरका समस्याहरु पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, विपन्न उखु किसानको समस्या बढ्दै गएको र चाडपर्व मान्न समस्या भएको, छोराछोरीको पढाइलेखाइमा बाधा पुग्नका साथै सुकुम्बासी बन्ने अवस्थामा पुग्न थालेको छ । उद्योगमा मात्र आश्रित निम्न वर्गका श्रमिकहरु भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।

 

 

 

२५ असोज २०७७, आइतवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु