कोरोना संक्रमण बढ्दै गए दैसैंमा नयाँ नोट नबाँड्ने,: राष्ट्र बैंक
कोरोना संक्रमण बढ्दै गए दैशमा नयाँ नोट बाँड्ने सम्भावना न्युन रहेको राष्ट्र बैंकले जनाएको छ । दसैं नजिकिँदै गर्दा विगतझैं यो वर्ष पनि नयाँ नोट साट्न पाइने हो अथवा नपाइने भन्ने सर्वसाधारणको चासो रहेको छ ।
तर राष्ट्र बैंकले भने कोभिडको कारण प्रतिकुल अवस्था रहेको भन्दै कुनै निर्णय गर्न नसकिएको जनाएको छ । “राष्ट्र बैंकको तयारी त छँदैछ, तर अहिले बाहिरको अवस्था अनुकुल नहुँदा हामीलाई निर्णय गर्न गाह्रो भएको छ,”राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले भने, “बजारलाई एक हप्ता जति वाच गरेर ८-१० दिनमा निर्णय गछौं ।”
राष्ट्र बैंकसँग नयाँ नोटको अभाव नरहेको तर अहिलेको प्रतिकुल परिस्थितिमा बाँड्न सकिन्छ सकिदैन भन्ने निर्णयमा पुग्न नसकेको उनले बताए ।
“अहिले कोरोना संक्रमण बढ्दै जाँदा हामीले निर्णय नि सकेका छैनौं, १० देखि १५ गते सम्मको एउटा निर्णय गछौं,” उनले भने, “राष्ट्र बैंकसँग नोट रहेको छ, तर नोट छ भन्दैमा बाँड्ने नबाड्ने भन्ने कुरा परिस्थितिले निर्णय गर्छ ।”
अवस्था सहज हुँदै गयो भने बाँड्ने निर्णय दिने र अवस्था अहिलेकै जस्तो अथवा विग्रदै जाने हो भने यस वर्ष नयाँ नोट बाँड्ने निर्णय स्थगित हुन पनि सक्ने उनले बताए ।
विगतदेखि नै दसैंमा नयाँ नोट वितरण गर्ने या नगर्ने भन्ने विषयमा बहस हुँदै आएको थियो । दसैंमा नयाँ नोट वितरण गर्दा रङ लागेर नोटको आयु घटेको कारण यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ ।
गत वर्ष राष्ट्र बैंकका तत्कालीन मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पत्रकार र पञ्चाङग निर्णायक समितिका अध्यक्षलाई समते बोलाएर नोटमा पुजा गर्न आवशयक हो की होइन भन्दै छलफलसमेत गरेका थिए । उनले त्यतिबेला अब विस्तारै दसैंमा नयाँ नोट वितरण गर्ने प्रचलन हटाउनुपर्ने बताएका थिए ।
राष्ट्र बैंकले दसैंको बेलामा मात्रै नयाँ नोट वितरण गर्दा बढी भिडाभाड भएको भन्दै मुख्य चार्डवर्षरुलाई लक्षित गरेर वर्षभरी नै नयाँ नोट साट्न सक्ने व्यवस्था समेत गरेको छ । तर यसवर्ष भने कोभिडका कारण नयाँ नोट साट्न पाइने अथवा नपाइने त्यसको लागि असोज १५ सम्म कुनैपर्ने राष्ट्र बैंकको जनाएको छ ।
२ असोज २०७७, शुक्रवार १८:३५ बजे प्रकाशित





