नियमित फ्लाइटको भाडादर सार्वजनिक (सूचीसहित)
नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ ।
अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन् ।
निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिएको हुन्छ । त्यसअनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ ।
पर्यटन मन्त्रालयले अब नियमित उडान हुने सक्टरबाट आउने विदेशी एयरलाइन्सले पनि निगमले तोकेकै भाडादरमा नेपाल आउनुपर्ने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन दिएको छ ।

तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले जनाएको छ । निर्धारित भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरिद नगर्न पनि निगमले आग्रह गरेको छ ।
उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ ।
१७ भदौ २०७७, बुधवार २०:३१ बजे प्रकाशित





