सुनको भाउ तोलामा १६०० ले घट्यो
हिजो स्थिर रहेको सुनको भाउ आज घटेको छ। नेपाली बाजारमा सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रूपैयाँ कायम छ।चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँ छ।
।नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम छ।
महासंघले ३ साउनमा सुनको मूल्य एक लाख ४०० रुपैयाँ तोकेको थियो। हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज एकै दिन एक हजार ६०० रूपैयाँले घटेको हो।
आज तेजाबी सुनको मूल्य ९८ हजार ३०० रूपैयाँ छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँ कायम छ।
४ भदौ २०७७, बिहीवार १२:३१ बजे प्रकाशित





