“न्यूनतम १० करोडको नेटवर्थ हुनुपर्ने” लगानीकर्तालाई सूचीकृत हुन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं(नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताहरुलाई सूचीकृत हुन निर्देशन जारी गरेको छ। न्युनतम १० करोड रुपैयाँ नेटवर्थ भएका तथा धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीलाई ३५ दिन भित्रमा निवेदन दिन बोर्डले अनुरोध गरेको छ।

बोर्डले प्राथमिक शेयर निष्काशनका लागि बुक बिल्डिङ विधि लागू गरेसँगै यसका लागि संस्थागत लगानीकर्ताको भूमिका हुने भएकाले सूचीकृतका लागि प्रकृया अगाडि बढाएको हो।

सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोष योजना, मर्चेन्ट, मान्यताप्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ १० करोड रुपैयाँ भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीहरुले संस्थागत लगानीकर्ताको रुपमा निवेदन दिन सक्ने छन्।

बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा सबैभन्दा पहिले संस्थागत लगानीकर्ताहरुले बिक्री गर्ने छन्।

उनीहरुले आह्वान गरेको मूल्यको औसत मूल्य निर्धारण हुन्छ। संस्थागत लगानीकर्तामार्फत् सर्वसाधारणका लागि जारी गरिन्छ।

यो विधि अपनाएसँगै प्राथमिक शेयर बिक्री नहुने समस्या अन्त्य हुनेछ।

३ भदौ २०७७, बुधवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु