रियलमीद्वारा ४ ओटा एआईओटी डिभाइस सार्वजनिक

स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी डिभाइस सार्वजनिक गरेको छ । नेपालमा अग्रणी एआईओटी ब्रान्ड बन्ने लक्ष्यका सााथ कम्पनीले यी उपकरण सार्वजनिक गरेको बताएको छ ।
कम्पनीले रियलमी स्मार्ट ब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी सार्वजनिक गरेको हो ।
सबै उपकरणहरु नेपालभरका ९५० ओटा भन्दा बढी अफलाइन रिटेलर र दराज डटकममा पनि उपलब्ध रहेको बताइएको छ ।
विभिन्न विशेषतामा उपलब्ध रियलमी स्मार्ट घडी रू। ७ हजार ९९९, रियलमी स्मार्ट ब्यान्ड रू। २ हजार ९९९, रियलमी बड्स एयर नियो ५ हजार ९९९ र रियलमी बड्स एयर रू। ६ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले बताएको छ ।
साउन ११ गतेदेखि नेपाली बजारमा उपलब्ध यी उपकरणहरु कालो, सेतो र पहेंलो रङमा उपलब्ध छ ।
३ भदौ २०७७, बुधवार १०:३४ बजे प्रकाशित