श्रीमती र प्रेमिकाको झगडामा मारिए लक्ष्मण

काठमाडौंको मनमैजुुमा छुुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

नुुवाकोट घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय लक्ष्मण रिमाल तामाङको शुुक्रबार साँझ हत्या भएको थियो।

उनको हत्यामा संलग्न रही फरार रहेका दोलखाका आङदोर्जे शेर्पाला प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

घटनास्थलबाट शुुक्रबार नै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा आङदोजले लक्ष्मणलाई छुरा प्रहार गरेको पत्ता लागेको थियो।

प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। तर, छुरा प्रहार गर्ने दोर्जे भने फरार रहेका थिए। प्रहरी अपराध महाशाखाबाट खटिएको एसपी ईश्वर कार्कीको टोलीले दोर्जेलाई शनिबार बिहान पक्राउ गरेको हो। उनलाई माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको कोठा नं १०१ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दोर्जेले आफूले छुरा प्रहार गरेको स्वीकार गरिसकेका छन्।

प्रहरीका अनुसार तीन महिना पहिले विवाह गरेका लक्ष्मणको पूर्वप्रेमिकाको विषयलाई लिएर घर झगडा भइरहेको थियो। विवाहपछि पनि लक्ष्मण र पूर्वप्रेमिकाबीच निरन्तर सम्पर्क र सम्बन्ध थियो। लक्ष्मणकी श्रीमतीले प्रेमिकालाई फोन गरेर पटक–पटक थर्काएकी थिइन्। तर, लक्ष्मण प्रेमिकाबाट टाढिन मानेका थिएनन्।

सोही विषयमा लक्ष्मणकी श्रीमतीले आफन्तसहित बोलाएर शुुक्रबार साँझ छलफल गरेकी थिइन्। शुुक्रबार साँझ वसन्त टोलको गोर्खाली खाजा घरमा लक्ष्मणका श्रीमान–श्रीमती र पूर्वप्रेमिकासहित आफन्तका बीचमा झगडा भयो।

प्रेमिका र श्रीमतीका बीचमा झगडा भएपछि दुवैले आ–आफ्ना मान्छे बोलाए। लक्ष्मणकी श्रीमतीले माइती पक्षका दाजुुभाइ बोलाइन्। प्रेमिकाले भने दोर्जेलगायतका आफन्त बोलाएकी थिइन्।

त्यही क्रममा दोर्जेले छुरा प्रहार गरेर लक्ष्मणलाई घाइते बनाए। उनलाई उपचारका लागि राति नै ग्रान्डी अस्पताल लगिएकोमा अस्पतालले राति ११ बजेतिर मृत घोषणा गरेको थियो।

 

३१ साउन २०७७, शनिवार १८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु