८१ किलो गाँजासहित एक जना पक्राउ

७ साउन, मकवानपुर । ८१ किलो लागुऔषध गाँजासहित मकवानपुरको मनहरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका -८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा लुकाई राखेको गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको थियो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगी रहेका छन् ।
७ साउन २०७८, बिहीवार १५:४१ बजे प्रकाशित