खोलामा डुबेर ५ जनाको मृत्यु

७ साउन, बाँके । बाँके, कोहलपुर नगरपालिका-१० चटारस्थित वन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा नेपालगंज उपमहानगरपालिका-११ श्रृष्टिहल नजिक बस्ने १६ वर्षीय अरिब जर्गर, सोही ठाउँ बस्ने १७ वर्षीय अरमान जर्गर र सोही उपमहानरगपालिका(७ सदरलाईन बस्ने १८ वर्षीय रासिद जर्गर छन् ।

सोही खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खोजी गर्न क्रममा उनीहरुको शव फेला पारेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित नहरमा डुबेर सोही ठाउँ बस्ने नन्दु जोशीको छोरा १६ वर्षीय अंकित जोशी र सोही ठाउँ बस्ने १४ वर्षीय बिबेक शर्माको बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खाली चौरमा क्रिकेट खेली नजिकैको नहरमा हात खुट्टा धुने क्रममा बिबेक चिप्लिएर नहरभित्र खसेपश्चात बिवेकलाई बचाउन अंकित जाँदा अंकित समेत डुब्दा दुवै जनाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ साउन २०७८, बिहीवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु