४० हजार नगदसहित ५ जना जुवाडे पक्राउ

४ साउन, काठमाडौं । काठमाडौंको बौद्ध स्थित तिनचुली बिगमार्ट नजिकैबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी घर भएकी ३५ वर्षीया तारा थापासहित पाँच जना छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित वीरेन्द्र लामाको घरमा सञ्चालित सो जुवा खालबाट ४० हजार नगद र ३ बुक तास बरामद गरेको छ ।

हारजित हुनेगरी जुवा खेल्नेहरूमाथि मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

४ साउन २०७८, सोमवार १३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु