खैरो हेरोइन सहित ३ जना पक्राउ

४ साउन, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बर्वाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका–१ का ५५ वर्षीय वडाध्यक्ष अमेरिका सहनी, सदस्य ४० वर्षीय बलिस्टर सहनी र अर्का स्थानीय ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।

पर्सा प्रहरीले उनीहरूलाई आइतवार राति जाँचका क्रममा ७९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

उनीहरूले ना.१ ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्समा लुकाएर खैरो हेरोइन ल्याएका थिए । पल्सर मोटरसाइकलमा ५५ वर्षीय अमेरिका सहनी र ५२ वर्षीय राम आदेश सहनी सवार थिए ।

प्रहरीले उनीहरू सवार ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल र ना ६२ प १९४२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सँगै आएका ना.६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकलमा सवार ४० वर्षीय बलिष्टर सहनीलाई पनि पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरूविरुद्ध लागुऔषधविरुद्धको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने डीएसपी खनालले जानकारी दिए । खैरो हेरोइन कारोबार गर्नेहरुमाथी ईलाका प्रहरी कार्यालय पोखरीयाले अनुसन्धान गरिरहेको छ ।

 

४ साउन २०७८, सोमवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु