सर्लाहीबाट ७७ किलो गाँजासहित एक जना पक्राउ, २ जना फरार

१ साउन, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका–२ स्थित अत्रौली खोलाबाट ७७ किलो लागुऔषध गाँजासहित बिहीबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अशोक कुमार लामा रहेका छन् ।

अत्रौली खोलाबाट लागुऔषध गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।

लामाले प्रयोग गरेको बा.५२ प. १९३२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। उनी सँगै रहेका २ जना भने फरार भएका छन्।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

१ साउन २०७८, शुक्रवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु