बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

२३ असार, काठमाण्डौ । काठमाण्डौको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हाररजित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनीहरूको साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
२३ असार २०७८, बुधवार १६:२१ बजे प्रकाशित