वीरगञ्जमा एक सेनाले ड्युटी मै आफैलाई हाने गोली

७ असार, पर्सा । वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जवानले आफैलाई गोली हानेका छन् ।

पर्साको पोखरिया नगरपालिका –७ सतवरिया टोलका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई हानेको पर्सा प्रहरीले जनाएको छ ।

सिपाही चौहान ब्यारेकभित्र पोस्टमा ड्युटीमा खटेको बेला नै यस्तो घटना भएको हो । उनले चिउँडोमुनिबाट गोली हानी आँखा मुनिबाट निस्किएको पर्सा प्रहरीले जनाएको छ ।

घाइते चौहानलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार गराई नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको छ । हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको पर्सा प्रहरीले जनाएको छ।

चौहानले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान चलिरहेको जनाएको छ।

७ असार २०७८, सोमवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु