बागलुङमा नरसंहार भएको पुष्टि, २ को शव फेला, वेपत्ताको खोजी जारी

बागलुङको बडीगाड गाउँपालिका १० बल्देधुरीमा दुई जनाको शव फेला परेको छ। निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको परेको हो।
होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूको शव सडकभन्दा ५ सय तल भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।
घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी हवारीले जानकारी दिए।
१५ चैत २०७७, आइतवार २२:१९ बजे प्रकाशित