जुवा खेल्दा खेल्दै पूर्वमन्त्री सहित १० जना पक्राउ

जुवा खेल्दा खेल्दै ललितपुरबाट पूर्वमन्त्री सहित १० जना पक्राउ परेका छन् ।

हाल जनता समाजवादीका नेता रहेका पूर्व राज्यमन्त्री खोभारी राय राय सहित १० जनालाई प्रहरीले आइतबार बिहान ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख ५३ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी प्रभाव स्वम्भुबाट खटिएको टोलीले उनीहरुलाई जुजा खेल्दा खेल्दै पक्राउ गरेको हो ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कोभारी राज्यमन्त्री थिए । शेरबहादुर देउवा र लोकेन्द्र बहादुरको पालामा पनि कोभारी राज्यमन्त्री थिए ।

प्रकाउ पर्नेहरुमा कोभारीसहित उत्तरकुमार लामा, पार्वत भण्डारी,सविन लामा, कञ्चन तामाङ, दवेन्द्र श्रेष्ठ, विक्रम लामा, जितपुर लामा रहेका छन् ।

खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०६८ सालमा डा। बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए ।

विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसयता उनी राजनीतिमा निष्कृय छन् ।

१६ कात्तिक २०७७, आइतवार ०९:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु