विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद

अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलाससुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक युवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ । गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
भदौ २६ गते भैरमुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनकाअनुसार विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।
विष्टले गतबी गाउँपालिका-२ रावतकोटका सोविन थापाका आगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ ।
अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ । अदालतले न्याय दिएको छ,’ थापाले भने ।
१९ असोज २०७७, सोमवार १२:४८ बजे प्रकाशित