बाघको छाला र हड्डीसहित दुईजना पक्राउ
बझाङको बुङ्गल नगरपालिका ३, विजगडाबाट दुईथान बाघको छाला र करिब ९ किलो हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुङ्गल नगरपालिका ६ बड्डीज्याबन का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरा छन् ।
२२ भदौ २०७७, सोमवार १४:२९ बजे प्रकाशित




