दुई वृद्धवृद्धाको शव फेला, हत्या भएको आशंका
 
			खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको शव फेला परेको छ ।
जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव घरमा नै फेला परेको हो ।
दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
घटनास्थल सदरमुकाम दिक्तेलबाट ३० कोष टाढा भोजपुरको सीमानामा पर्छ ।
शवको अवस्था हेर्दा तीनरचार दिन अगाडि नै कसैले हत्या गरेको हुनसक्ने डीएसपी चिमरियाले बताए ।
चिमरियाका अनुसार गाउँमा सोधपुछ गर्दा भदौ १७ गते अपराह्न साढे ४ बजेसम्म उनीहरू घरमै काम गरिरहेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
२० भदौ २०७७, शनिवार १८:५६ बजे प्रकाशित
 
						 



