पब्जि खेल्न नपाएको भन्दै १७ वर्षीय किशोरले आत्महत्या गरे

पब्जि खेल्न नपाएको भन्दै एक किशोरले आफ्नै ज्यान फालेका छन् । यो घटना भारतको गुजरातको हो ।

भारतको आणंद जिल्लाको सुरेली गाउँका १७ वर्षका किशोरले पब्जि खेल्न नपाएको भन्दै किटनाशक औषधी सेवन गरी आफ्नो ज्यान फालेका हुन् ।

भारतिय मिडियाका अनुसार बाबुले पब्जि खेल्नमा रोक लगाएपछि ती किशोरले आफ्नो ज्यान फालेको बताइएको छ ।

बाबुले मोवाइल खोसीदिएपछि रिसाएका किसोरले विष सेवन गरी घर पुगेको बतायएको छ ।

वान्ता गर्दै घर पुगेका किशोरको अस्पताल मा उपचारको क्रममा मृत्यु भएको त्यहाँको पुलिसले जनाएको छ ।

१८ भदौ २०७७, बिहीवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु