नेपाल–भारत सीमामा भारत लैजाँदै गरेको १४ किलो गाँजा बरामद
 
			मोरङको जहदा गाउँपालिका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले शनिबार बिहान नेपाल–भारत सीमा क्षेत्रबाट १४ किलोग्राम गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा जहदा–३ हात्तीबन्दाबाट अवैध लागुऔषध गाँजा बरामद गरेको हो।

गाँजा ओसारपसारमा संलग्न भने प्रहरी आएको देखेपछि मोटरसाइकल र गाँजा त्यहीं छाडेर खेतैखेत भागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।
उनका अनुसार जेब्रा झोलामा प्याक गरेर दुईवटा मोटरसाइकलमा हालेर लैजाँदै गरेको अवस्थामा १४ किलो गाँजा बरामद भएको छ।
प्रहरीले गाँजा भारत कटाउन प्रयोग गरिएको को १८ प २६१९ नेपाली र बीआर ३८ आर ९४४० नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ।
मोटरसाइकलका आधारमा गाँजा तस्करीमा संलग्नको खोजी भइरहेको थापाले बताए।
उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सुरक्षाकर्मी व्यस्त भएको मौका छोप्दै अवैध गाँजा भारततिर लैजाने प्रयास गरिएको बताए।
६ भदौ २०७७, शनिवार १३:२२ बजे प्रकाशित
 
						 




