एन्ड्रोइड ११ का सबै फोन एन्ड्रोइड अटोबाट अब कार स्टेरियोमा जोड्न सकिने

 

सन् २०२० को अन्त्यसम्म एन्ड्रोइड अपरेटिङ सिस्टमको एन्ड्रोइड ११ भर्सनका सबै फोनहरु अब एन्ड्रोइड अटोमार्फत कारमा रहेको डिजिटल कारप्लेसँग जोड्ने एप वायरलेस रुपमा कार (स्टेरियो डिजिटल कारप्ले ड्यासबोर्ड) मा कनेक्ट हुनसक्ने सम्भावना बढेको छ ।

करिब दुई वर्षपछि गूगलले एन्ड्रोइड अटोलाई कार स्टेरियोसँग वारलेस कनेक्ट हुन सम्भव तुल्याएको छ । यसअघि यस्तो कनेक्सनका लागि युएसबीको आवश्यकता पर्दथ्यो ।

तर यस प्रकारको वायरलेस कनेक्सनको क्षमता गूगलका पिक्सल फोन र सामसङ ग्यालेक्सी फोनमा मात्र उपलब्ध हुनेछ ।

गूगलले एन्ड्रोइड अटोका लागि आफ्नो सपोर्ट पेजलाई अपडेट गरेको छ ।

उक्त पेजमा कुन कुन मुलुकमा उक्त एन्ड्रोइड अटो एप प्रयोग गर्न सकिन्छ र उक्त एप वायरलेस रुपमा प्रयोग गर्न कुन कुनकुन डिभाइसहरु आवश्यक पर्छ भन्ने कुराहरू उल्लेख गरिएको छ ।

उक्त सपोर्ट पेजका अनुसार एन्ड्रोइड १० र एन्ड्रोइड पाईमा आधारित केही फोनहरुमा पनि यो एप चल्दछ ।

एन्ड्रोइड ११।० भर्सनका स्मार्टफोन प्रयोग गर्ने जोकसैले यो एप प्रयोग गर्नसक्छन् ।

एन्ड्रोइड ११ भर्सनमा अपडेट भएका एलजी, मोटोरोला, सामसङ, नोकियाजस्ता फोनहरु वायरलेस रुपमा एन्ड्रोइड अटोसँग सजिलै कनेक्ट हुन सक्छन् ।

एन्ड्रोइड ११ भर्सन अपडेट आइसकेपछि एन्ड्रोइड वान फोनमा पनि यो एप मज्जाले चल्नेछ ।

तर यो एप प्रयोग गरेर वायलेस कनेक्ट पाउन तपाईंको फोन फाइभ गिगाहर्ज वाईफाई नेटवर्कसँग मिल्नसक्नुपर्छ ।

तर युरोपेली क्षेत्रका प्रयोगकर्ताको फोनमा अझै पनि एन्ड्रोइड ११ भर्सन नचल्ने जानकारी गूगलले दिएको छ ।

यस्तै जापान रसियाजस्ता प्रतिबन्धित मुलुकले पनि एन्ड्रोइड अटोलाई वायरलेस रूपमा चलाउन सक्ने छैनन् ।

६ भदौ २०७७, शनिवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु