ओली–प्रचण्ड संवादहिनता तोडियो, वालुवाटार पुगे प्रचण्ड

लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि हुँदै आएको छ । बुधबारको एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीमा नयाँ परिवर्तन देखिने बताएका छन् ।

२९ साउन २०७७, बिहीवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु