नेकपाभित्र पाँच गुट, को कति बलियो ?
नेपाल कम्युनिस्ट पार्टीभित्रको एक महिनायताको विवाद समाधानको साटो झन् चर्कदैछ ।
तर, नेकपा न फुट्न सकेको छ न जुट्न सकेको छ । विवादले गुट उपगुट निर्माण गर्ने देखि एक अर्कालाई तानातान र पेल्ने अवस्थासम्म बनेको छ ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा मागेका छन् । ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । सहमतिको बिन्दु तयार गर्ने प्रयास भएपछि कुरा मिल्न सकेको छैन । यसले गुट उपगुटको द्वन्द्व चर्किरहेको छ ।
संसदको कुल २७५ सिटमा नेकपासँग १७४ सिट छ । जसमध्ये ओलीको पक्षमा ८० को हाराहारीमा सांसद छन् । तर, ओली पक्षले १०० संख्या दाबी गरेको छ ।
नेकपा स्थायी कमिटीमा ४५ मध्ये पूर्व एमालेबाट २६ र पूर्व माओादीबाट १९ जना मनोनित भएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरु यताउता भइसकेका छन् । अग्नि सापकोटा सभामुख बनेपछि स्थायी कमिटीमा ४४ जना छन् ।
केपी शर्मा ओलीः प्रधानमन्त्री ओलीको गुट अहिले सबैभन्दा बलियो देखिन्छ । उनीसँग आफूसहित तीनजना सचिवालय सदस्य छन् ।
सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल ओलीको गुटमा छन् । स्थायी कमिटीमा १३ जना ओली पक्षमा थिए । पछिल्लो समय पूर्व माओवादीबाट लेखराज भट्ट थपिएका छन् । यो गुटले आफूसँग संसदीय दलमा आधाभन्दा बढी सांसद रहेको दाबी गर्दै आएको छ ।
ओलीको गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल जस्ता हस्तीहरु पनि छन् । महेश बस्नेत जस्ता जुझारु नेता ओलीको शक्ति हुन् ।
प्रचण्डः नेकपा एकताका बखत प्रचण्डले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षबाट बनाएका थिए । पूर्व माओवादीबाट सचिवालयमा तीनजना र स्थायी कमिटीमा १९ जना प्रचण्ड पक्षका थिए ।
तर, रामबहादुर थापा बादल तटस्थ भुमिकामा देखिएका छन् । उनी ओलीसँग नजिकिएका छन् । लेखराज भट्ट ओली पक्षमा गएका छन् । अब प्रचण्डसँग १६ जना स्थायी कमिटी देखिएका छन् । प्रचण्डसँग वर्षमान पुन, टोपबहादुर रायमाझी जस्ता हस्तीहरुको साथ रहेको छ ।
माधव नेपालः नेकपा वरिष्ठ नेता माधव नेपाल सचिवालयमा आफू पक्षबाट एक्लै छन् । स्थायी कमिटीमा उनीसँग १२ जना रहेकोमा पछिल्लो समय योगेश भट्टराई र घनश्याम भुषाल टाढिएका छन् । उनीहरु बामदेव गौतमसँग नजिकिदै ओलीतर्फ पनि सकारात्मक बनेका छन् । नेपालसँग अब ८ जना मात्र देखिएका छन् । नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट जस्ता हस्ती नेताहरुको साथ छ ।
झलनाथ खनालः नेकपा वरिष्ठ नेता खनाल गुटमा कमै विश्वास गर्छन् । उनी सचिवालयमा एक्ला हुन् भने स्थायी कमिटीमा उनी पक्षका एकजना मात्र छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको राजीनामाको पक्षमा छन् ।
बामदेव गौतमः नेकपा उपाध्यक्ष बामदेव गौतमको आफ्नै गुट छ । उनी सचिवालयमा आफ्नो गुटका एक्ला हुन् ।
गौतमलाई पछिल्लो समय घनश्याम भुषाल र योगेश भट्टराईको साथ देखिएको छ । उनी आफू सांसद नभएपछि केही सांसद सदस्य निकट छन् । गौतम यसअघि प्रचण्डसहित ओलीको राजीनामा माग्ने समुहमा भएपछि अहिले कुनैपनि गुटमा नरहेको दाबी गर्दै आएका छन् । उनी अहिले ओलीसँग नजिकिएका छन् ।
स्थायी कमिटिमा को कता ?
समीकरण संसदीय दलको नेतृत्व चयनका लागि मात्रै हो। नेतृत्वको लागि कुनै एक नेतालाई समर्थन गरेका सबै सदस्य पार्टी विभाजनको अवस्थामा भने उनै नेताको समर्थनमा नरहन सक्ने नेताहरु बताउँछन्। त्यसो त पार्टी नै विभाजन हुने अवस्थामा प्रधानमन्त्रीको राजीनामाको विषय संसदीय दलसम्म नपुग्ने सम्भावना निकै बलियो छ।
त्यसो हुँदा अंकगणित स्थायी कमिटीमै हेरिनेछ । यहिँबाट फुटको कुरा हुन सक्छ । कित्ताकाट हुँदा को कता लाग्लान् भन्ने चासोमा परेको छ ।
स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये २९ जना प्रचण्ड, माधव, झलनाथ समुहका छन् । १३ जना ओली पक्षमा छन् भने तीन जना जना तटस्थ नै छन् ।
मन्त्रीहरुमा पनि अधिकांश ओली पक्षका छन् ।
ओली पक्ष
केपी शर्मा ओली, अध्यक्ष
इश्वर पोखरेल, सचिवालय सदस्य
विष्णु पौडेल, महासचिव
सुवास नेम्वाङ
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
शंकर पोखरेल
किरण गुरुङ
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुवीर महासेठ
लेखराज भट्ट
प्रचण्ड-माधव-झलनाथ
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
झलनाथ खनाल, वरिष्ठ नेता
माधवकुमार नेपाल, वरिष्ठ नेता
नारायणकाजी श्रेष्ठ
रामबहादुर थापा बादल
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
धनश्याम भुसाल
भीम आचार्य
गोकर्ण बिष्ट
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
रघुजी पन्त
वेदुराम भुसाल
देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
वर्षमान पुन
शक्ति बस्नेत
जर्नादन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश शाह
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा
तटस्थ
बामदेव गौतम, उपाध्यक्ष
योगेश भट्टराई
अग्निप्रसाद सापकोटा, सभामुख
आमन्त्रित सदस्यहरु
अमिक शेरचन
अमृतकुमार बोहरा
केशव बडाल
सोमनाथ प्यासी
डा। पुष्प कँडेल
पेशल खतिवडा
२४ साउन २०७७, शनिवार १५:१४ बजे प्रकाशित





