प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

आज बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

प्रधानमन्त्री ओली लगायत उच्च तहका नेतालाई काठमाडौंमा भेट गरेर साउन १७ गते फर्केका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार संक्रमण देखिएको थियो।

प्रहरी समायोजन सम्बन्धी छलफलका लागि जनकपुरबाट काठमाडौं आएका यादवसमेत प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो।

२३ साउन २०७७, शुक्रवार २१:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु