कोरोना कहर : मोरङका नौ स्थानीय तहमा लकडाउन
कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलदै गएपछि बिहीबारसम्ममा मोरङका नौवटा स्थानीय तहलाई लकडाउन को परिधिमा ल्याइएको छ ।
संक्रमण नियन्त्रण एवं रोकथामनका लागि स्थानीय तहले धमाधम ुलकडाउनु गर्न थालेका हुन् । संक्रमणको अवस्था विश्लेषण गरेर आवश्यक कदल चाल्न सक्ने निर्णय प्रदेश १ सरकारले गरेपछि स्थानीय तहलाई ुलकडाउनु का लागि बाटो खुलेको थियो ।
सर्वसाधारण, नागरिक अगुवा, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, बुद्धिजिवी, अधिकारकर्मी, पेशाकर्मी समेतको तीव्र दबाबपछि थप कोरोना नफैलिओस भन्नलाई लकडाउन गर्नुपर्ने अवस्था आएको स्थानीय तहरुले जनाएका छन् ।
मोरङमा पहिलो पटक साउन १६ गते विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक ुलकडाउनु गरेको थियो । बिहीबारसम्ममा ुलकडाउनु गर्ने स्थानीय तहको संख्या नौ पुगेको हो ।
विराटनगर महानगर, रंगेली, रतुवामाई, धनपालथान, सुनवर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । जहदा र कटहरी गाउँपालिकाले ुलकडाउनुको घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्र्तगतका वडा कार्यालय बन्द गरेका छन् ।
ग्रामथान, मिक्लाजुङ, उर्लाबारी, केराबारी, बूढीगंगा गाउँपालिका र लेटाङ नगरपालिकामा लकडाउन गरिएको छैन । लकडाउन नगरिएका स्थानीय तहमा लकडाउन गरिएका तहमा जस्तो भाइरसको संक्रमण छैन ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले सबै जनाले होसियारी र सावधानी अपनाउनुको विकल्प नभएको बताए । संक्रमण समुदायस्तरमा फैलिइसकेको छ,उनले भने, सावधानी नअपनाए संक्रमणबाट जोगिने सम्भावना कम छ ।
कार्कीले अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेका छन् । संघीय सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउन साउन ७ गतेदेखि हटाएको थियो । साउन ७ गते सम्म मोरङमा कोरोना संक्रमितको संख्या दुई सय ११ थियो । लकडाउन खुलेको दुई सातामै मोरङमा दुई सय १९ जना संक्रमित थपिएका छन् ।
मोरङमा बिहीबारसम्म संक्रमितको संख्या चार सय ३० पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको जानकारी उनले दिए ।
२३ साउन २०७७, शुक्रवार ०६:४९ बजे प्रकाशित





