महाधिवेशनमा यसपटक मेरो नेतृत्वको तेस्रो धार थप बलियो हुन्छ : कृष्ण सिटौला
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला त्यसपछि सभापति शेरबहादुर देउवासँग नजिक देखिए ।
लगत्तै देउवासँग टाढिएका उनी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहकार्य गर्न पुगे । दुवै समूहले गठबन्धन गरेर केही भ्रातृ संगठनमा संस्थापन पक्षलाईसमेत हराए ।
जब कांग्रेसलाई १४औं महाधिवेशन लाग्यो, सिटौला फेरि देउवा र पौडेल दुबै समूहसँग दुरी कायम गर्नतिर लागेका छन् । महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका छन्, जहाँ उनी दैनिकजसो नेता(कार्यकर्तासँग भेटघाटमा व्यस्त हुन्छन् ।
सिटौलाको तयारी हेर्दा उनी फेरि सभापतिको उम्मेदवार बन्न लागेको सहजै अनुमान गर्न सकिन्छ । तर, उनी औपचारिक रुपमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भनेर घोषणा पनि गर्दैनन् ।
यद्यपि तेस्रो धार कायमै रहेको र रहने सिटौलाको दाबी छ ।
उनी भन्छन्, मेरो आफ्नै विचार छ, नीति र कार्यक्रम छ । शेरबहादुर वा रामचन्द्रले लिएको नीति, पार्टी सञ्चालन गर्ने तौरतरिका मन पराएको भए गग महाधिवेशनमै कुनै एउटा टिममा गइहाल्थेँ नि ।’
कांग्रेस नेता सिटौलाले गोविन्दराज जोशी, पुस्करनाथ ओझालाई पार्टीबाट निस्कासन गर्ने अनुशासन समितिको निर्णयको समेत विरोध गरेका छन् ।
निर्वाचन भएको धेरै समय भइसकेको र परिस्थिति पनि फरक भएकाले सबैलाई आममाफी दिनुपर्ने बताउँदै उनले भने, ‘सबै साथीहरुलाई आममाफी दिउँ र पार्टीमा अनुशासित भएर काम गर्न आहृवान गरौं । होइन, त्यतिले पुग्दैन भने सचेत गराएर आममाफी दिऊँ । विगतमा किसुनजीले पनि यसो गर्नु भएकै हो ।’
यद्यपि अनुशासन समितिले देउवा र पौडेललाई हेरेर निर्णय गरेको भन्दै सिटौलाले त्यो निर्णय सच्याउनपर्ने बताए ।
अघिल्लो निर्वाचनमा पनि सुजाता कोइरालालगायतका नेताहरुलाई माफी दिएको उदाहरण दिँदै उनले भने, ‘पुनरावेदन आयो भने केन्द्रीय समितिले सच्याउन सक्छ । नआए पनि राजनीतिक नेतृत्वले सच्याउन सक्छ ।’
१९ साउन २०७७, सोमवार ०७:५२ बजे प्रकाशित





