नेकपा बैठक लगातार सातौं पटक स्थगित
४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।
४ साउन २०७७, आइतवार १०:४५ बजे प्रकाशित













