सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ
काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।
बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।
४ साउन २०७७, आइतवार १६:१४ बजे प्रकाशित













