भक्तपुरमा सुत्केरी महिलाको मृत्यु
भक्तपुर अस्पतालमा आइतबार साँझ एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भइ चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
भक्तपुुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार मृत्यु भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
‘हिजै स्वाब लिएर परीक्षणका लागि टेकु पठाइसकिएको छ ।
२६ जेठ २०७७, सोमवार ११:३८ बजे प्रकाशित





