आज ३१४ जनामा कोरोना संक्रमण
आज ३१४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
२६ जेठ २०७७, सोमवार ११:२६ बजे प्रकाशित




