दल फुटाउन सहज हुने अध्यादेशबारे छलफल गर्न काँग्रेसले बोलायो आकस्मिक बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनबारे छलफलका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठक मंगलबार विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।
कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेका बेलामा सरकारले जारी गरेका दुबै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति जनाएको छ ।
संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेतालाई बाइपास गरिनुलाइए काँग्रेसले संविधानमाथिको प्रहरका रुपामा लिएको छ ।
सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले काँग्रेस थप सशंकित बनेको छ ।
९ वैशाख २०७७, मंगलवार ०१:०४ बजे प्रकाशित












