सन् २०२० मा कूल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउँछ : केन्द्रीय बैंक

एजेन्सी । विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव यूरोपेली मुलुक स्पेनमा पनि अत्यधिक परेको छ ।

स्पेनमा सोमबारसम्म दुई लाखभन्दा बढी ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका र यस सङ्क्रमणबाट २० हजार ८५२ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यस प्रकोपका कारण सन् २०२० मा स्पेनको अर्थतन्त्र ६।६ प्रतिशतदेखि १३।६ प्रतिशतको बिचमा सङ्कुचित हुने स्पेनको केन्द्रीय बैंकले जनाएको छ । बैंक अफ स्पेनका अनुसार यहाँको अर्थतन्त्रमा देखिएको सङ्कुचन पछिल्ला केही दशकको इतिहासलाई उछिन्दै अनपेक्षित १३.६ प्रतिशतसम्म पुग्ने देखिएको छ ।

कोरोनाभाइरसका कारण अन्य मुलुकहरूजस्तै यूरोपेली यस राष्ट्रमा पनि बन्दाबन्दी ९लकडाउन० कति लम्बिने हो निश्चित छैन जसका कारण कुल ग्राहस्थ उत्पादनमा पनि ‘व्यापक अनिश्तिता’ देखिएको छ । स्पेनमा गत मार्च १४ देखि बन्दाबन्दी शुरू भएको हो भने यो अझै अनिश्चित रहेको छ ।

९ वैशाख २०७७, मंगलवार ००:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु