ब्राजिलमा कोरोनाको विषयमा मतभेद, राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

कोरोनाभाइरस फैलनबाट रोक्ने मुद्दामा जारी मतभेदबीच ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटालाई बर्र्खास्त गरेका छन् ।

यी दुई नेताबीचको मतभेद आइतबार सार्वजनिक भएको थियो । स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनाभाइरसको यो संकटका बेला यसलाई रोक्न नदिन सरकारले एकजुट भएर हरेक मुश्किलको सामना गनुपर्ने बताएका थिए ।

उनको यो बयानलाई खुल्ला रुपमा राष्ट्रपतिको आलोचना गरिएको मानिएको थियो ।

हेनरिक मनडेटाले नागरिकलाई संसारका अन्य देशबाट पाठ सिक्न सल्लाह दिँदै आएका छन् । उनले भाइरसको खतरालाई कम गर्नका लागि सामाजिक दुरीको नियमको पालना गर्नुपर्ने बताएका छन् ।

उनले आ–आफ्नो प्रान्तमा लकडाउन लागू गर्ने सबै गभर्नरको तारिफ पनि गरेका थिए ।

तर राष्ट्रपति भने उनको यो तर्कसँग सहमत छैनन् । उनले मानिसहरु नडराइकनै आ–आफ्नो काममा फर्कनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बोलसोनारोले पहिले पनि कोरोनाभाइरसलाई ‘सामान्य फ्लू’ बताइसकेका छन् ।

५ वैशाख २०७७, शुक्रवार ०२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु