चीनबाट औषधि र मेडिकल सामान लिएर नेपाल आइपुग्यो कार्गो जहाज

काठमाडौं । भारतमा लकडाउन जारी रहेको बेला आसाम राज्यले चीनबाट ५० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीई हवाईमार्गबाट भित्राएको छ ।
चीनको ग्वाङ्झाओबाट ब्लुडार्ट कार्गो कम्पनीको विमान पीपीई ल्याएर गुवाहाटीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो ।
विदेशबाट पीपीई लगायतका सामग्री ल्याउने भारतको पहिलो राज्य बनेको छ । आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले ब्लुडार्ट कम्पनीको जहाजलाई पृष्ठभूमिमा राखेर खिचिएको आफ्नो फोटो सार्वजनिक गर्दै चीनबाट स्वास्थ्यसँग सम्बन्धित सामग्री ल्याएको जानकारी दिएका थिए ।
उनले ट्वीटरमा लेखेका थिए, ‘खुसीको एक अर्को ठूलो कारण । जीवनलाई पहिलो प्राथमिकतामा राखेर हामीले ग्वाङझाओ, चीनबाट ५० हजार पीपीई किट आयात गरेर हामी खुसी छौं । यो हाम्रा डाक्टर र नर्सहरुलाई ठूलो हौसला हो ।’
भारतका अन्य राज्यहरुले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामग्री अभाव रहेको भनिरहेको बेला आसामले छिमेकी चीनबाट यति धेरै स्वास्थ्य सामाग्री भित्राएको भन्दै जनस्तरबाट प्रशंसा भइरहेको छ ।
आसाममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, जसमध्ये पाँच जना उपचारपछि निको भइसकेका छन् भने एक जना बिरामीको मृत्यु भएको छ ।
सुरुवाती चरणमा आसाममा पीपीईको चरम अभाव थियो । अहिले डेढ लाख पीपीई स्टक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आसामलाई यो उपलब्धी कसरी सम्भव भयो रुआसामका प्रतिष्ठित उद्यमी अभिजित बरुआ भन्छन्, ‘सरकारसँग ई–कमर्सदेखि लिएर ट्रेडिङ कम्पनीसम्म दुवैतर्फ सम्पर्क हुन्छ । यो भन्दा ठूलो कुरा त कोरोनाको महामारीसँग जुध्नका लागि सरकारका अधिकारीहरु कति गम्भीरतापूर्वक सक्रिय छन् र कति छिटो निर्णय लिन सक्छन् भन्ने कुरा हो । आसामले तत्परता देखायो ।
नत्र त कुनै पनि कुरा खरिद गर्नुअघि सरकारी प्रक्रिया पुर्याउनुपर्ने जटिलतामा फसेर निर्णय लिन सकिँदैन । देशमा कोरोना भाइरसका कारण सिर्जित समस्याका बेला साहसिक निर्णय पनि लिनुपर्छ । तर, सबैले यस्तो गर्न सक्दैनन् ।’
५ वैशाख २०७७, शुक्रवार ०२:२९ बजे प्रकाशित