शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले सो निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ । जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् ।

२७ चैत २०७६, बिहीवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु