कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

तर राष्ट्रिय परीक्षा बोर्डले यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही अनुसार गर्न निर्देश पनि गरेको छ ।

२५ चैत २०७६, मंगलवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु