मेयर द्धारिकालालले पत्रकारलाई ‘माचि..ने’ भनेको भिडियो भाइरल
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले पत्रकारलाई लोपारिदिने अभिव्यक्तिका कारण विवादमा आएका व्यक्ति हुन् । फेरी उनी पत्रकारलाई अपशब्द बोलेर चर्चाम आएका छन् ।
एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् ।
स्टुडियोबाट प्रावधिकले मेयर चौधरीलाई फोन गर्छन् र आफू टेलिभिजनबाट भन्छन् । मेयर चौधरी ‘के रे’ भन्दै रुखो जवाफ फर्काउँछन् ।
प्रावधिकले फेरि टेलिभिजनबाट भन्छन् । त्यसपछि मेयर चौधरीले फोन राख मु।।। भन्छन् । प्रावधिक हैन यो हाम्रो ‘ भन्दै कुराकानी गर्नका लागि आग्रह गर्न खोज्छन् । मेयर चौधरी अश्लील शब्द – फोन राख तेरो बाउलाई फोन गर्छस माचि..ने’ प्रयोग गर्छन् ।
पत्रकार महासंघ सुनसरी शाखाले बिहीबार विज्ञप्ति निकालेर मेयर चौधरीबाट पटक–पटक प्रेस विरोधी दुर्व्यवहार हुँदै आएको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्य नियन्त्रणगर्न समेत पत्रकार महासंघ जिल्ला शाखाले माग गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
१३ चैत २०७६, बिहीवार १३:५८ बजे प्रकाशित





