एमसीसी अनुमोदन गर्ने नेकपा सचिवालयमा सहमति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो ।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसीसी पारित गर्ने÷नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए ।
सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।
थापाका अनुसार एमसीसीमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाएपछि एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सचिवालयमा सहमति भएको छ ।
शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।
संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ ।
१० फागुन २०७६, शनिवार १६:१५ बजे प्रकाशित





