अष्ट्रेलियाविरुद्धकाे एक दिवसीय: धाेनी र जादबकाे शानदार ब्याटिङसँगै भारतले श्रृंखला २-१ ले जित्याे

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला पनि भारतले जितेको छ ।

पहिला टेस्ट सिरिज जितिसकेको भारतले शुक्रबार भएको अन्तिम तथा निर्णायक एक दिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै सिरिज जितेको हो । 
अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४९ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।

जितसँगै भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भारतको जितमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी र केदार जादबले उत्कृट पारी खेले । उनीहरुका बीचमा १२१ रनको साझेदारी भएको थियो ।

धोनीले लगातार तेस्रो अर्धशतक समेत बनाएका छन् । उनी आज ८७ रनमा नट आउट रहे । जादब पनि ६१  रनमा नट आउट नै रहे ।

कप्तान विराट कोहलीले ४६ रन जोड्दा शिखर धवन २३ र रोहित शर्मा ९ रनमा आउट भए । 

मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २३० रन बनाएको थियो ।

आठ रन हुँदा पहिलो विकेट गुमाएको घरेलु टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सन मार्स र उस्मान ख्वाजा विच ७३ रनको साझोदारी भएपछि टिम सम्हालिएको थियो ।

४ माघ २०७५, शुक्रवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु