जिल्ला शिक्षा कार्यलय र शिक्षा बिभागमा तालाबन्दी

काठमाडौं, बैशाख १५ । निजि चर्को शुल्क बृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आज जिल्ला शिक्षा कार्यलय तथा शिक्षा बिभागमा तालाबन्दी गर्दैछन् ।

बिहान ११ बजे जिल्ला शिक्षा कार्यलय तथा शिक्षा बिभागमा तालाबन्दी गर्ने कार्यक्रम रहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन् ।
भोली जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारिलाई सार्बजनिक बहिष्कार गर्ने र पर्सी सरकारी गाडी चल्न निषेध गगर्ने कार्यक्रम पनि तय भैसकेको छ ।

अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले यसअघि देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिसकेका छन् ।

१५ वैशाख २०७४, शुक्रवार ०२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु