प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव पारित र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न  सर्वदलीय बैठक बेलाइएकाे हाे ।
दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुलाई छलफलका लागि ३बजे बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद्मा अहिले विचाराधीन अवस्थामा रहेको विधेयकमा सहमति जुटाएर पारित गर्ने  र स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने प्रयासस्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएको हो ।  नेकपा एमालेसहित विपक्षमा रहेका राजनीतिक दलहरुले भने यो प्रस्ताव पारित हुनै नसक्ने भन्दै त्यसको विपक्षमा उभिने चेतावनी दिइसकेका छन् ।
तर राजपा नेपालसहित मधेसवादी दलका नेताहरुलाई भने प्रधानमन्त्री दाहालले जसरी पनि सहमति जुटाएरै संविधान संशोधन प्रस्ताव पारित गराउने विश्वास दिलाएका छन् ।

१५ वैशाख २०७४, शुक्रवार ०२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु