कस्तो देखिँदैछ ! चुनाव हत्याउने प्रमुख दलहरुको योजना
काठमाण्डौँ । बैशाख ३१ गते हुने निर्वाचनका लागि आफ्ना उमेरदवार कसरी विजयी गराउन सकिन्छ भन्ने ध्याउन्नमा प्रमुख दलहरु लागेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरु निर्वाचन घोषणापत्र तथा प्रतिवद्धता पत्र मस्यौदाको तयारीमा छन् । आफ्ना मागहरु तत्काल पुरा हुन नसक्ने देखेपछि असन्तष्ुट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघिय गठबन्धन केहि लचिलो भएको छ ।
संसदको पहिलो दल नेपाली कांग्रेस
ब्यवस्थापिका संसदको सबैभन्दा ठुलो दल कांग्रेसले निर्वाचन आईतवार घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । नेता महेश आचार्यको संयोजकत्व गठित समितिले समावेशी रुपमा उमेरदवार छनौट गर्नेगरी मस्यौदा तयार गर्ने नितिगत निर्णय भएपनि बाँकी निर्णय सोमवार हुनेछ । निर्वाचनमा पार्टी भित्र उमेरदवारमा भागवण्डा मिलाउन भन्दै सभापति शेरबहादुर देउवाले चतुर्याईँपुर्वक आजै २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिको टुङ्गो लगाए । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्नेगरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ । केन्द्रीय समितिले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ ।
संसदको दोस्रो ठुलो दल तथा प्रमुख प्रतिपक्षि एमाले
संसदको दोस्रो ठुलो दल तथा प्रमुख प्रतिपक्षि एमालेले एमालेले स्थानीय चुनावका लागि प्रतिबद्धता पत्र तयार पार्न गृहकार्य थाल्न सचिवालयलाई जिम्मा दिएको छ ।केन्द्रिय कार्यालय धुम्बाराहीमा आईतवार बसेको स्थायी समिति समितिको बैठकले संभावित उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देश गरेको छ । बैठकले ७४४ वटै स्थानीय तहका सम्भावित उम्मेदवारको सिफारिस गर्न सम्बन्धित पार्टी कमिटीलाई निर्देशन दिएको हो । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची बनाउन सम्बन्धित कमिटीहरुलाई जिम्मा दिइएको छ ।
महानगरपालिकाको सम्भावित उम्मेदवारहरुको सूची सम्बन्धित पार्टी कमिटीले केन्द्रीय कमिटी तथा केन्द्रीय कमिटीले स्थायी कमिटीमा पठाउनेछन् । स्थानीय कमिटीहरुले पठाएका नामको सूची विशेष अवस्थामा स्थायी कमिटीले परिवर्तन गर्न सक्ने प्रावधान राखिएको छ । एमालेले स्थानीय चुनावका लागि प्रतिबद्धता पत्र तयार पार्न गृहकार्य थाल्न सचिवालयलाई जिम्मा दिएको छ । एमालेले सप्तरी घटनापछि दुई नम्बर प्रदेशमा कसरी चुनावी अभियान चलाउने भन्नेबारे धारणा तय गर्न बृहत भेला पनि बोलाएको छ ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र
संसदको तेस्रो ठुलो दल भएर पनि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले स्थानिय निर्वाचन प्रतिवद्धता पत्र टुङ्गो लगाइसक्यो । उदेरदवारको मापदयड तय गरेर कार्यक्रतालाई गाउँमा पठाइएको छ । निर्वाचन समवन्धी आन्तरिक कार्यविधि, उदेरदवार छनौट मापदण्ड तय भैसकेका छन् । जनस्तरमा बिभिन्न प्रकृति भेला चलिरहेका छन् ।
राप्रपा र मधेसी मोर्चा
संविधानको अन्र्तवस्तुमा असहमत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई दिएको सर्मथन फिर्ता लिएर अन्दोलनमा गएको छ । तर देश नै निवाचनमय भैसकेपछि सिमाङ्कन बाहेक संविधान संसोधन गरी चुनावमा सहभागी हुन तयार भएको छ । त्यसको लविङ्मा लागेका छन् निर्वाचन सुनिश्चितताका लागि भन्दै सरकारमा गएका राप्रपाका अध्यक्ष समेत रहेका उप–प्रधान एवं स्थानिय विकासमन्त्री कमल थापा । चुनाव जित्ने राप्रपाको अनौठो जुक्ती यहि हो ।
राजतन्त्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्णय निर्वाचन आयोगले गरेपनि सडक र सदन दुबै तताएको राप्रपा मधेसी मोर्चालाई सहमतीमा ल्याएको भन्दै राजसंस्था भन्दा फरक मत राख्नेसंग पनि मत मागिरहेका छन् ।
लामो समयदेखि स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा निराश भएका आम–नागरिक पनि बैशाख ३१ गते मत खसाल्न आतुर छन् । जिल्ला जिल्लामा चुनावी माहोल तातीसकेको छ ।
१३ चैत २०७३, आइतवार १५:१२ बजे प्रकाशित





