स्ववीयू निर्वाचन अन्तर्गत बिहीबार मनोनयनपत्र वितरण

काठमाडौँ, १२ फागुन । स्ववीयू निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बिहीबार प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने भएको छ । बुधबारदेखि सुरु भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अनुसार बिहीबार मनोनयनपत्र वितरण गरिने त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार निर्वाचनका लागि हिजो देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गरेका छन् । कार्यतालिका अनुसार शनिबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र भोलिपल्ट उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ । त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो ।

१२ फागुन २०७३, बिहीवार ०४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु