आईजीपी नियुक्ति सम्बन्धी मुद्दामा बिहीबार पनि बहस हुँदै
काठमाडौँ, १२ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी मुद्दामा बिहीबार पनि बहस हुने भएको छ । बुधबार सुनुवाई नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको आईजीपी नियुक्ति सम्बन्धी मुद्दाको अर्को सुनुवाइ बिहीबार पनि हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । मन्त्रीपरिषद्ले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि डीआईजी नवराज सिलवालले त्यस विरुद्ध यही फागुन १ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । अधिवक्ता कपिलदेव ढकालले नियुक्त गर्नअघि २८ माघ र नियुक्त गरिसकेपछि ८ फागुनमा पुरक रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा बुधबार सुनुवाइ भएको थियो ।
१२ फागुन २०७३, बिहीवार ०४:०१ बजे प्रकाशित