संसदमा होसियारीपूर्वक प्रस्तुत हुनुहोस्ः ओली
काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।
बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उनले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिए । अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर सवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताए ।
११ फागुन २०७३, बुधवार १३:४३ बजे प्रकाशित












