नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

काठमाडौँ, १० फागुन । नेपालले आगामी मार्चमा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले इमर्जिङ कपलाई ब्यूँताउँदै मार्च १५ देखि प्रतियोगिता गर्ने बताएको थियो ।

जसमा चार टेष्ट नेशनको एक वा अण्डर २३ टिम र अन्य चार देश सहभागी हुने तय भएको थियो । एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त टिमलाई मात्र खेलाउने निर्णय गरेसंगै नेपालले खेल्न नपाउने भएको हो ।

१० फागुन २०७३, मंगलवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु