सहमतिबाटै चुनाब गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।
दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौँमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे । सहमति, सहकार्य र एकताबाटै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
१० फागुन २०७३, मंगलवार १३:२२ बजे प्रकाशित